साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कालोपट्टि बाँधेर बर्दघाट नगरपालिकाको कार्यालयमा ब्यापरीहरुको विरोध प्रदर्शन

काठमाडौं ।  बर्दघाट उद्योग वाणिज्य सङ्घ कालोपट्टि बाँधेर बर्दघाट नगरपालिकाको कार्यालयमा विरोधमा उत्रिएको छ ।बर्दघाटको हरियाली नगरमा हिजो देखि लाग्ने भनिएको औद्योगिक व्यापार मेलाको विषयमा व्यवसायी बिच विवाद भएपछि नगरपालिकाले मेला स्थगन गरिदिएको छ ।

यसअघि मेला लगाउनका लागि नगरपालिकाले वाणिज्य सङ्घलाई अनुमति प्रदान गरेकोमा हाल आएर विवाद पछि आफ्नै निर्णयबाट नगर पछि हटेको व्यवसायीको भनाई छ । ‘मेयरले आफैले अनुमति दिनु भो,हामीले सामान झार्यौ,अहिले आएर एकपक्षीय कुरा सुनेर आफ्नै निर्णयमा टेक्न सक्नु भएन।लाखौँ खर्च भयो यसको जिम्मा कसले लिने ? यस्तो अपरिपक्व निर्णय आउला भन्ने कल्पना समेत गरेका थिएनौँ’, बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले भन्नूभयो।

‘के नगरपालिका कुनै एउटा समूह वा कसैको मात्र हो हाम्रो होइन ! निजी क्षेत्रलाई स्थानीय सरकारले गर्ने व्यवहार यही होरुनौपानेले प्रश्न गर्नु भयो ।’ हामीलाई स्थानीय सरकाले नगरेका हरेक गतिविधिमा जिम्मेवारी दियोस् भन्ने हामीलाई उच्चतम प्रयोग गरियोस् ताकी हाम्रो पनि उतिकै योगदान रहोस् भन्ने हामी छौ।तर हामीलाई शत्रुताको ब्यवहारले हेरिँदै छ।हामी आक्रोशित होइन दुखित छौँ,के हामीलाई ती विद्यार्थी को भविष्य अनि ती व्यवसायीको चिन्ता नै नभएको होतर ? बिकल्प नै मेला रोक्नु मात्रै होत ?’ अध्यक्ष न्यौपानेले भन्नुभयो ।

यता बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले मेलाले नगरभित्रका विद्यालयमा चलिरहेको आन्तरिक परीक्षा र एसइई लाई असर गर्ने कुराले व्यापक गुनासो आएको हुँदा तत्काललाई मेला स्थगन गरिएको बताउनु भयो । ‘मुलतः विद्यार्थीकै कुरा आएपछि हामी पछि हटेका हौ,अरू कारण छैन।मेला नै लाग्दैन लाग्नु हुन्न भन्ने होइन एसइई पछि लागाउला’, श्रेष्ठले भन्नूभयो ।आइतबार आधिकारिक निर्णय गरेर उद्योग वाणिज्य सङ्घलाई पत्राचार गरिने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

नगरपालिकाको निर्णयका विरुद्ध बर्दघाट उद्योग वाणिज्य सङ्घले हिजो शान्तिपूर्ण प्रदर्शन सहित ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाले दिएको अनुमति पत्र छातीमा टाँसेर कालोपट्टि सहित वाणिज्य सङ्घका अध्यक्ष न्यौपानेसहित अन्य पदाधिकारीहरू समेत साङ्केतिक विरोधमा उत्रिएका छन् । आन्दोलनको प्रकृति र स्वरूप परिवर्तन गरेर चरणबद्ध आन्दोलन जारी राखिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : ४२ बजे