सुनको मूल्यमा नयाँ कीर्तिमान

सिटौला जस्ता व्यक्ति आउनुपर्छ भने पनि अहिले वातावरण फेरियो : प्रचण्ड

चितवन। राष्ट्रिय सभा अध्यक्ष पदमा नेपाली कांग्रेसलाई दिने आश्वासन दिए पनि नेकपा(माओवादी केन्द्र) आफैले सो पद लिने दाबी गरेको छ । 

राष्ट्रिय सभा अध्यक्ष कांग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका बेला एकाएक माओवादीले उम्मेदवारी दिने भएको छ । 

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई दिने भनिए पनि वातावरण फेरिएको बताएका छन् ।

बिहीबार चितवन पुगेर उनले आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ त्यसमा केही फरक हुन्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको बताए । 

 पार्टीको बैठकले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुँदैन भनेको उनले बताए । 

उनले भने, “औपचारिक रुपमा लिखित निर्णय भएको छैन ।” 

कोशीमा माओवादी केन्द्रको उम्मेदवार हारेपछि यो अवस्था आएको प्रचण्डको भनाइ छ । 

कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरू आक्रोशित भएको बताए ।

यता कांग्रेसले भावी राष्ट्रिय सभा अध्यक्षको रूपमा सिटौलालाई कोशीबाट उठाएको थियो । 

प्रचण्डले बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकबाट राष्ट्रिय सभा अध्यक्षको पदमा दाबी गर्न सदस्यहरूलाई लगाएका थिए । 

सोसँगै माओवादीले पनि आफ्नो उम्मेदवारी रहने निर्णय गरेको छ । 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ९ : ०२ बजे