‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अदालतले १२ करोड जरिवाना र कैद फैसला सुनाएका दुई फरार अभियुक्त पक्राउ

काठमाडौं । राजस्व छली मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर्‍याएका दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोले धादिङकी २९ वर्षीया कुमारी गुरुङ र पर्साका ४१ वर्षीय प्रदीपकुमार गुप्तालाई पक्राउ गरेको हो । उनीहरूलाई चितवनको भरतपुरबाट बिहीबार पक्राउ गरेको व्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनीहरूले न्यु समीक्षा सप्लार्यस नामको फर्म दर्ता गरी नक्कली कर बिजक बनाइ राजस्व छली गरेका थिए । सो मुद्दामा उच्च अदालत पाटनले गत विसं २०७९ भदौ २५ गते कुमारी र प्रदीपलाई दोषी ठहर्‍याएको थियो । अदालतले उनीहरूलाई एक–एक वर्षको कैद र जनही १२ करोड १० लाख ३६ हजार ५३० रुपैयाँ जरिवाना असुल्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : ०९ बजे