‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बंगलादेशको राजधानी ढाकाकाे एक भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु

काठमाडौं। बंगलादेशको ढाकास्थित एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । उपचारका लागि अस्पतालहरुमा पठाइएकोमा उनीहरुलाई मृत घोषणा गरिएको बंगलादेशका स्वास्थ्य मन्त्रीले बताएका छन् ।

सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

दर्जनौं व्यक्तिहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा आगलागी भएको थियो । पछि भवनभरी नै आगो फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो भवनमा अन्य धेरै रेस्टुरेन्ट, कपडा र मोबाइल फोन पसलहरू पनि रहेका छन् । आगलागी नियन्त्रणमा लिएर घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : ०० बजे