साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बाजुरामा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु भएको छ।

 

घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर जगन्नाथ गाउँपालिका वडा नम्बर ६ काप्रीमा कालिकोटको पलाता गाउँपालिका २ बस्ने १८ बर्सिया बिरेन्द्र सार्कीको मृत्यु भएको हो।

 

मृतक सार्की जगन्नाथ ६ काप्रि स्थित आफ्नै भिनाजु दीर्घ सार्कीको घर निर्माणमा सहयोगका लागि कालिकोटबाट आउनु भएको स्थानीय धनबहादुर विकले बताउनु भयो।

 

घरको जग खन्ने क्रममा एक्कासि माथिबाट खसेको माटोको ढिस्कोले उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

 

घटनाको थप विवरण लिन प्रहरी चौकी जुड्डीबाट प्रहरीको टोली त्यसतर्फ खटी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिनुभयो।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  २ : २५ बजे