सुनको मूल्यमा नयाँ कीर्तिमान

वडा अध्यक्षले माफी मागेपछि काममा फर्किए नेपालगञ्ज उपमहानगरापालिकाका कर्मचारी

नेपालगञ्ज, । दुई दिनदेखि आन्दोलनरत नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी काममा फर्किएका छन् ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारबाहीको माग गर्दै उपमहानगरपालिकाका कर्मचारीहरु बुधबारदेखि पेन डाउन गरेर आन्दोलित भएका थिए । शेषले आज उपमहानगरपालिका कार्यालयमै उपस्थित भएर कर्मचारीसमक्ष माफ मागेपछि कर्मचारी काममा फकिएका हुन् । 

मंगलबार दिउँसो वडाध्यक्ष शेषले कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन हुने गरी अपशब्द प्रयोग गरेको र झुटा लाञ्छना लगाएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका थिए ।

जनप्रतिनिधि एवम् कर्मचारीलाई झुठो लाञ्छना लगाउने, मानमर्दन हुने गरी अबाञ्छित क्रियाकलाप गर्ने जस्ता कार्य अति नै निन्दनीय भएको भन्दै कर्मचारीहरुले वडा अध्यक्ष शेषमाथि कडा कारबाहीको माग गरेका थिए । उनले माफी मागेपछि कर्मचारी काममा फर्कन सहमत भएका हुन् । 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  २ : २१ बजे