‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अन्तरिक्षयात्रा गर्न भारतीय वायुसेनाका चार जना विमानचालक छानिए

काठमाडौं । भारतले आउँदो वर्ष अन्तरिक्षमा आफूले पठाउन लागेको पहिलो मानवचालित यान चढेर अन्तरिक्षयात्रा गर्न वायुसेनाका चार जना विमानचालकलाई छानेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरूको योग्यताको प्रशंसा गर्दै छानिएका विमानचालकको नाम सार्वजनिक गर्नुभएको हो । छानिनेमा प्रशान्थ बालाकृष्नन्, अजित कृष्नन्, अंगद प्रताप, शुभांशु शुक्ला रहेका छन् ।

गगनयान नामक अन्तरिक्षयानमा तीमध्ये तीन जनालाई अन्तरिक्षयात्रीका रूपमा पठाउने भारतले जनाएको छ । यो यान चार सय किलोमिटरमाथि पृथ्वीको कक्षमा पुग्ने र तीन दिनपछि फिर्ता हुने बीबीसीको खबरमा उल्लेख छ । भारतीय अन्तरिक्ष निकाय इसरोले यो उडानको तयारीका क्रममा परीक्षणहरू गरिरहेको छ ।

इसरोले गएको अक्टोबरमा रकेटमा समस्या उत्पन्न भए चालकहरूलाई सुरक्षित रूपमा बाहिर निस्किन सक्ने उपाय सिकाउने एउटा मुख्य परीक्षण गरिसकेको छ । त्यसको सफलतापछि इसरोले सन् २०२५ मा मानवसहितको अन्तरिक्षयानलाई पठाउनुअघि एउटा रोबटलाई यसै वर्ष अन्तरिक्षमा पठाउने जनाएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ०३ बजे