‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

युद्धविरामको खबरसँगै गाजा पट्टीमा खुसीयाली

काठमाडौं- युद्धको त्रासका बीच बाँचिरहेका गाजाका नागरिकहरुले अमेरिकी राष्ट्रपति जो बाइडनले दिएको युद्धविरामको खबरसँगै खुसीको सास फेरेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडनले अर्को हप्ता युद्धविराम हुनसक्ने बताउनु भएको थियो । युद्ध रोकिने आशामा गाजापट्टीमा खुसीयाली छाएको हो । खुसीको खबरसँगै धेरैले विहानीको खाजा एक साथ खाने बताएका छन् ।

युद्धको समयमा रोटी किन्न हतारिने गाजाका एक पत्रकारले आज रोटी आफैं बनाउने निर्णय गरेको बताइन् । एउटा खबरले गाजाका मानिसको जीवनमा यति ठूलो खुसीयाली छाएको छ ।

युद्ध रोकिने आशामा मानिसहरुले बजारभरी खानेकुरा खोज्न र आफ्ना बालबच्चालाई मनोरञ्जन दिने प्रयास गरेका छन् । साथै भीडभाडयुक्त अस्पतालमा काम गरेका छन् ।

इजरायल-गाजा युद्ध अक्टोबर ७ मा सुरु भएको हो । हमास बन्दुकधारीहरूले दक्षिणी इजरायलमा आक्रमण गरी १ हजार २ सय जनाको मृत्यु भएपछि इजरायलले जवाफी कारवाही स्वरुप गाजामा आक्रमण शुरु गरेको हो ।

हमासले बन्धक बनाएका २ सय ५३ जना मध्ये अझै पनि १ सय ३० जना हमासकै कब्जामा छन् । इजरायली आक्रमणमा परी गाजामा हालसम्म २९ हजार ८ सय प्यालेस्टायनीले ज्यान गुमाएको हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ०० बजे