‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लेबनानविरुद्ध रोमाञ्चक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं । नेपाल पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको सेमिफाइनलमा लेबनानलाई २-१ गोलले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।

इन्ज्युरी समयमा प्रिती राईले उत्कृष्ट गोल गरेसँगै नेपाल फाइनलमा पुग्यो ।

खेल १-१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । विमला चौधरीको कर्नर किक क्लियर भएपछि बक्स बाहिरबाट प्रितीले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

त्यसअघि ७६औं मिनेटमा नेपालले सावित्रा भण्डारीको गोलबाट बराबरी गरेको थियो । प्रतियोगितामा साम्बाको‌ त्यो नवौं गोल हो । उनले खेलेका सबै ४ खेलमा गोल गर्न सफल भइन् ।

पहिलो हाफको ३८औं मिनेटमा नेपालले गोल खान पुगेको थियो । पूजा रानाले गोलकिपर एन्जिला सुब्बालाई दिएको ब्याकपासमा एन्जिला धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो ।

नेपालले अब उपाधिका लागि बिहीबार जोर्डनसङ्ग खेल्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ५८ बजे