काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ।

बैठकमा माओवादी केन्द्र र नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले भने सहभागी भएका छैनन्।

कोरोना भाइरसको सङ्क्रमण, संसदको हिउँदे अधिबेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो । 

बैठकमा भाग लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष दलका शीर्ष नेताहरु बालुवाटार पुगिसक्नुभएको छ ।