सुनको मूल्यमा नयाँ कीर्तिमान

कुलेखानी–फर्पिङ्ग सडक भोलीबाट सञ्चालनमा आउने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक भोली (बुधबार) बाट सञ्चालनमा आउने भएको छ । गत पुस १६ गतेबाट पूर्णरुपमा बन्द रहेको हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडकखण्ड भोलीबाट सञ्चालनमा आउने भएको हो ।  

सडक निर्माणका लागि इन्द्रसरोवर गाउँपालिकाले पुस १६ बाट सडक पूर्णरुपमा बन्द गरेको उक्त सडकखण्ड भोलीबाट सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले एक सुचना मार्फत जानकारी दिनुभएको छ । सडकमा आवतजावत गर्ने यात्रुहरुको समस्या, होटेल व्यवसायी र सडकलाई लक्षित गरी सञ्चालित अन्य व्यवसायीहरुलाई पर्न गएको असुविधालाई मध्यनजर गर्दै सडक सञ्चालनमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । सडक खण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य भने चलिरहेकै छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ४ : ३२ बजे