‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नागरिक उड्डयन प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भावना नरहेको निष्कर्ष निकालेको छ । नागरिक उड्डयन प्राधिकरणले आज एक विज्ञप्ति निकाली सुनसरीको धरान उपमहानगरपालिकामा विमानस्थल निर्माण गर्न नसकिने जनाएको हो ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा 'विमानस्थल निर्माण गर्न गरिएको विस्तृत सम्भाव्यता अध्ययन अनुसार सो क्षेत्रमा विमानस्थल निर्माण गर्दा विद्यमान हवाई नीति, २०६३ मा भएको तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निटकस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माईल हुनुपर्ने नीतिगत व्यवस्था विपरित हुने,' भनिएको छ ।

यसैगरी प्राधिकरणले आर्थिक विश्लेषण पश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वान वे एप्रोच मात्र सम्भव हुँदा हवाई यातायातको दिर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको जनाएको छ । साथै, अन्य विविध प्राविधिक समस्याहरुले गर्दा पनि धरानमा विमानस्थल निर्माण गर्न सम्भाव्य नरहेको प्राधिकरणको ठहर छ । 

धरान उप- महानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले धरानमा जसरी पनि विमानस्थल बनाउनुपर्ने माग राख्दै आएका छन् । उनले दबाब दिएपछि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्राधिकरणलाई सम्भाव्यता अध्ययनका लागि निर्देशन दिएका थिए । त्यसपछि प्राधिकरणले अध्ययन गर्न समिति बनाएको थियो । धरान उप-महानगरपालिकामा विमानस्थल निर्माण गर्ने भन्दै जग्गा अधिग्रहण भने गरिसकिएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ४ : ११ बजे