बाढीको स्थितिमा सुधार

भजन शिरोमणिको निधन नेपाली सांगीतिक जगतका सुविख्यात नक्षत्रको क्षति : केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भजन शिरोमणि भक्तराज आचार्यको निधले नेपाली साँगीतिक जतगमा ठूलो क्षति पुगेको बताउनुभएको छ ।

आज स्वर्गिय आचार्यप्रति नक्सालस्थित नाट्य प्रतिष्ठानमा पुगेर श्रद्वाञ्जली अर्पण गर्नुहुँदै अध्यक्ष ओलीले ठूलो क्षति पुगेको बताउनुभएको हो । स्वर्गिय आचार्य नेपाली भजनलाई नयाँ आयाम दिन सफल व्यक्तिको रूपमा चिनिने उहाँले बताउनुभयो ।

‘नेपाली सांगीतिक जगतका एउटा सुविख्यात नक्षत्र, नेपाली भजनलाई नयाँ आयाम दिन सफल भजन शिरोमणिको उपाधिबाट विभूषित, जनस्तरमा अत्यन्त लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्‍याउनु हुने भक्तराज आचार्य हामीमाझ रहनुभएन, यो अत्यन्त दु:खको कुरा हो र अपूरणीय क्षति हो’ उहाँले भन्नुभयो ।

भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पर्‍याउनु भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ३ : ३४ बजे