‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जान निकोलको शतकमा नामिबियाले नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा जान निकोलको शतकमा नामिबियाले नेपाललाई २०७ रनको विशाल लक्ष्य दिएको छ ।

किर्तीपूरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारीत २० ओभरमा ४ विकेट गुमाएर १०६ रन बनायो ।

नामिबियाका ब्याट्म्यान जान निकोल लफ्टी इटोनले शानदार शतक बनाए । उनी ३६ बलमा ८ छक्का र ११ चौका प्रहार गर्दै १०० रन बनाएर आउट भए । यससँगै उनी टी-२० आईमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन् । उनले केवल ३३ बलमा शतक पुरा गर्दै नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका हुन्।

१० ओभरमा केवल ६० रन जोडेको नामिबियाको लागि लफ्टी इटोन र मलान क्रुगरले चौथो विकेटका लागि एक सय ४८ रनको साझेदारी गरे । क्रुगर ५९ रनमा अविजित रहे।

नेपालको लागि कप्तान रोहित पौडेलले ४ ओभरमा ३० रन खर्चेर दुई विकेट लिए । करन केसीले ३ ओभरमा ३२ रन खर्चेर एक विकेट लिए । सोमपाल कामीले ३ ओभरमा ३४, दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३२, अविनाश बोहराले चार ओभरमा ४९ र गुल्सन झाले एक ओभरमा १८ रन खर्चिए।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १ : २१ बजे