‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संसद परिसर छिरेका लघुवित्त पीडितलाई गरिने कारबाही बारे सुरक्षा समितिले निर्णय लिने

काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो प्रवेश गरी नाराजुलुस गरेका लघुवित्त पीडितहरु अहिले पनि प्रहरीको नियन्त्रणमै छन् । उनीहरुलाई काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा थुनामा राखिएको छ ।

देशका विभिन्न ठाउँबाट काठमाडौं आएका लघुवित्त पीडितहरु हिजो अचानक बानेश्वरस्थित संसद् भवन परिसरमै पसेर प्रदर्शन गरेका हुन् । संसद परिसरमै प्रवेश गरेर सरकारविरुद्ध नाराबाजी गरेका ४९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुलाई के कारबाही गर्ने भन्ने विषयमा अहिले जिल्ला सुरक्षा समितिको बैठकमा छलफल भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीले सुरक्षा समितिको निर्णय अनुसार उनीहरुमाथिको कारबाही अघि बढाइने बताए । पक्राउ परेका सबैविरुद्ध मुद्दा चलाउने वा नेतृत्वकर्तालाई मात्रै भन्नेमा यकिन भइसकेको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १२ : ३१ बजे