साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखियो भजन शिरोमणिको पार्थिव शरीर

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिएको छ।

आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिन कलाकार,राजनीतिकर्मी,सर्वसाधारण तथा शुभचिन्तकलगायतको भीड लागेको छ। आचार्य नेपाली संगीत जगतमा भजन शिरोमणिको उपनामले परिचित हुनुहुन्छ। 

आचार्यको सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा ८१ वर्षको उमेरमा निधन भएको हो। उहाँ विगत लामो समयदेखि बिरामी पर्नुभएकाे थियाे। 

आजै दिउँसो पशुपति आर्यघाटमा उनको अन्तिम दाहासंस्कार गरिने कार्यक्रम रहेको छ।

उहाँले करिब ४०० गीतमा स्वर तथा संगीत दिनुभएकाे छ । उहाँको ८१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो। आचार्य गायक सत्याराज र स्वरुपराज आचार्यका बुवा हुन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १२ : ११ बजे