‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपालले टस हार्यो, पहिला फिल्डिङ गर्ने

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले टस हारेको छ ।

किर्तीपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर नामिबियाका कप्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गरेको छ । यसअघि आईसीसी विश्वकप लिग-२ मा नपरेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन् । नामिबियाले भने लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।

लिग २ मा नामिबियाले नेपाललाई पहिलो खेलमा ४ विकेट र दोस्रोमा २ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ११ : २७ बजे