‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एन्फाको वार्षिक क्यालेण्डर सार्वजनिक, यो वर्ष ‘ए’ डिभिजन लिग नहुने

​​​​​​​काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । सोमबार साधारण सभाबाट वार्षिक क्यालेण्डर सार्वजनिक गरिएको हो ।

क्यालेण्डर अनुसार यस वर्ष ए डिभिजन लिग फुटबल नहुने भएको छ । एन्फाले अर्को वर्ष ए डिभिजन लिग फुटबल हुने गरि क्यालेण्डर बनाएको छ ।

एन्फाका अनुसार ए डिभिजन लिग अर्को वर्ष पुस १२ गतेदेखि प्रस्ताव गरिएको छ । ए डिभिजन लिग पुस १२ देखि जेठ १५ गतेसम्म सञ्चालन गर्ने एन्फाले जानकारी दिएको छ ।

अर्को वर्ष हुने लिग डवल राउण्ड रोबिनका आधारमा र सप्ताहव्यापी हुनेछ । एन्फाका अनुसार शुक्रबार, शनिबार र आईबार समान दुई–दुई खेल सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : ५६ बजे