‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानसेनापतिद्वारा दर्ज्यानीचिह्न प्रदान

काठमाडौँ ।  प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति हुनुभएका सुनिल श्रेष्ठ, अनुपजङ्ग थापा र प्रकाश देउजालाई आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा दर्ज्यानीचिह्न प्रदान गर्नुभयो ।

पदोन्नतिसँगै उपरथी श्रेष्ठ मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजक र उपरथी देउजा संभाररथी विभागमा नियुक्त हुनुभएको छ । उहाँहरू सरकारको यही फागुन ६ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति हुनु भएको हो ।

दर्ज्यानीचिह्न प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ८ : ३४ बजे