‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सशस्त्र प्रहरी बलिरामको ब्यारेकमा आगलागी , बन्दोबस्तीका समानहरू जलेर नष्ट

बार।  बाराको विश्रामपुर गाउँपालिका–४ बलरामपुर स्थित सशस्त्र प्रहरीको ब्यारेकमा शनिवार दिउँसो आगलागी हुँदा बन्दोबस्तीका समानहरू जलेर नष्ट  भएको छ ।

दिउसो तीन बजेको समयमा अचानक  विद्युत् सर्ट भएर ब्यारेकमा  आगलागी भएको सशस्त्र प्रहरी उपरीक्षक सन्तोष सिंहले जानकारी दिनुभयो । आगलागीबाट सशस्त्र प्रहरीको बर्दी,ओछ्यान, रासन लगायतका सामग्री, लगाउने लुगाहरू जलेर नष्ट भएको सशस्त्र प्रहरी उपरिक्षक सिंहले जानकारी भन्नुभयो  । 

आगलागीका कारण  फुसको ब्यारेक पुर्णरुपमा जलेको हुँदा  बस्न नसकिने अवस्थामा पुगेको छ । वीरगन्जबाट आएको वारुणयन्त्र, स्थानीयहरू र नेपाल प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको र हतियार, गोलीमा समेत कुनै क्षति नभएको सशस्त्र प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभएको हो  । आगलागीको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रहरी उपरिक्षक सुरेश प्रसाद काफले, सशस्त्र प्रहरी उपरिक्षक सन्तोष सिंहले घटना स्थल पुगी  निरीक्षण गर्दै आगलागीका बारेमा जानकारी लिनु भएको थियो । 

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : ११ बजे