साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रारा ताल फन्को मार्ने   पर्यटकीय पदमार्गको काम अलपत्र

​​​​​​​मुगु ।     रारामा घुम्न आउने आन्तरिक तथा बाह्य  पर्यटकहरूको सहजताका लागि  सञ्चालित रारा पर्यटकीय पदमार्गको निर्माण कार्य हाल अलपत्र परेको  छ ।

सम्बन्धित निर्माण कम्पनीको लापरबाहीका कारण   साईकिलिङ पदमार्गको काम अलपत्र  परेको  हो ।

 

पर्यटन विकासको दृष्टिकोणले प्रबल सम्भावना रहेको   कर्णाली प्रदेश अन्तर्गत पर्ने मुगु जिल्लाको रारामा सञ्चालित  गौरवको  आयोजनको रूपमा रहेको रारा पर्यटन पदमार्ग पछिल्लो समयमा ठेक्कादारको  लापरबाहीका कारण ६ महिना  देखि अलपत्र परेको छ  ।

राराको पर्यटन प्रबन्धनका लागी आर्थिक वर्ष ०७८।०७९ मा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, अन्तर्गत रारा पर्यटन पूर्वदार विकास कार्यक्रमका  डिभिजन वन कार्यालय मुगुले  रारा पर्यटकीय पदमार्ग निर्माणका लागि रु  ४५ करोड, २९ लाख, १० हजार ४ सय ७९ रूपैंया ६५ पैसा लागत रकमको टेन्डर आह्वान गरी थोदुङ् क्याराभान जेभी प्राली सँग आर्थिक वर्ष २०७८र०७९ मा  ठेक्का सम्झौता गरेको थियो ।  

५ वर्षमा  १४  किलो मिटर पदमार्ग निर्माण गर्ने सर्तमा भएको सम्झौता अनुरूप सम्झौताको मिति देखि करिब २ वर्ष बित्न लाग्दा समेत ६।९ किलोमिटर ढुङ्गा बिछ्याउने काम मात्र  भएको छ ।

सम्बन्धित  आयोजनाको निमार्णको जिम्मा लिएको  थोदुङ्ग क्याराभान जेभी प्रालीले विगत ६ महिना देखि निर्माणको काम अगाडि बढाउन नसक्दा  निर्धारित समयमा  आयोजनाको बन्ने कुनै लक्षण नै देखिँदैन ।

 

सम्झौता अनुसार १४ किलो मिटर लम्बाई रहेको पदर्मागमा ढुङ्गा १५ सेन्टिमिटर उचाइमा सिमेन्ट १० सेन्टिमिटर पिसीसी र  दैलेख जिल्लाको खानी ढुङ्गाका सेलेटहरु मिच्छाउनु पर्ने सम्झौता भए पनि हाल सम्म सरोकारवालाहरूको दबाबमा केही काम भए पनि सन्तोष जनक काम नभएको डिभिजन वन कार्यालय मुगुका कार्यालयका प्रमुख अमर प्रसाद शाहले बताउनु भयो ।

प्रमुख शाहका अनुसार  डिभिजन वन कार्यालयबाट ८ करोड पेस्की समेत लगिएको छ । पेस्की लिएर  एक वर्ष सम्म ठेकेदारले काम गरेनन् ।  पेस्की अनुसारको कामको प्रक्रिया अगाडि नबढेपछि काम डिभिजन वन कार्यालय मुगुले खानी थोदुङ्ग क्याराभान जेभी प्रालीको जमानत बसेको प्राइम क्रमसियल बैकलाई क्षति पूर्ति सहित पेस्की लिएको रकम फिर्ता गर्न  पत्राचार गरेपछि ठेकेदार पक्षले आफ्नो काम गर्ने अवधि पाँच वर्ष भएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेको थिए । उच्च अदालतले उक्त रिट खारेज गरी डिभिजन वन कार्यालय मुगु को पक्षमा फैसला गरे पछि  बल्ल पछिल्ला केही महिना यता केही   काम भएको उहाँको भनाई थियो ।

ठेकेदारले लिएको ८ करोड मध्ये ४ करोड २५ लाख बराबरको मात्र काम भएको छ । समयमै भएको काममा थप काम गर्दै नजाने हो भने काम भएका स्थानहरूमा बिच्काएका ढुङ्गा भत्किनुका साथै  बिछ्याइएका सोलिङ पुरिँदै जान सक्ने सम्भावना रहेको छ ।

 

त्यस्ता स्थानमा पुन निमार्ण तथा मर्मत गर्नु पर्ने हुन्छ । अहिले निर्माण भएको ६।९ किलो मिटर मिच्छाएका १ हजार ५ सय ५२।५ घन मिटर ढुङ्गाहरू मध्ये ठेकेदारले २ सय २० मिटर पुन मर्मत गर्नु पर्ने डिभिजन वन कार्यालय मुगुका इन्जिनियर धनसिंह रोकायाले बताउनु भयो ।

जिल्लाका चारै स्थानीय तहहरूमा जिल्ला दररेट भ्याट सहित प्रति घन मिटर ७ हजार ९ सय ९८ रुपैयाँ लागु  गरिएको भए पनि उक्त आयोजनको डिपिआरमा ढुङ्गाको मूल्य बढी राखी निकुञ्ज भित्रकै आयोजना निमार्ण हुने स्थल नजिकै डिपीआर विपरीत स्थान बाट ढुङ्गा प्रयोग गरिएको पाइएको छ ।

यो पदमार्ग निर्माण सम्पन्न भए पछि यसलाई साइकल मार्गमा परिणत गर्ने उद्देश्य अनुरूप डिपिआरमा भएको भए पनि डिपिआरमा यो मार्गको चौडाइका विषयमा कमजोरी देखिएको सरकोरवाला निकायले बताउँदै आएका छन् । यस पद मार्गको डिपीआर डिभिजन वन कार्यालय मुगु बाट नभई उद्योग , पर्यटन, बन तथा वातावरण मन्त्रालय सुर्खेत मार्फत कन्सल्टेन्सीले तयार पारेको  बताइएको छ ।  

योजना स्थलमा काम गरेका कामदारहरूले ज्याला समेत नपाएको गुनासो समेत गरेका छन् । रारामा पद मार्ग निर्धारित समयमा नै  निर्माणका लागि  सम्बन्धित निकायको ध्यान पुग्नु  पर्ने स्थानीय बासिन्दाले बताएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ५ : २८ बजे