साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पूर्व डिभिजन कमाण्डरलाई बालिका तोकको बात, माओवादीले नै गरेकी त घात !

सिन्धुली । शस्त्र द्वन्द्वताका माओवादी लडाकूको डिभिजन कमाण्डरसमेत रहिसकेका सिन्धुलीका हरि श्रेष्ठ (प्रमोद) शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय मकवानपुर चलान भएका छन् ।उनीमाथि नावालिकासँगको यौनजन्य कसुरको  अभियोग छ   । 

उनलाई आफ्नै सालीकी १३ वर्षीया छोरीमाथि यौनजन्य दुव्र्यवहार गरेको दावीसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

सिन्धुलीको मरिन गाउँपालिका–७ का श्रेष्ठले मकवानपुरकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालयमा दिइएको जाहेरीमा उनले फागुन ४ गते बलात्कार गरेको उल्लेख छ।

यद्यपि, पार्टी विभाजनका क्रममा बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीतिर लागेबापत जिल्लाका माओवादी नेताहरुले प्रतिशोध साँधेर उनलाई फसाएको चर्चा सिन्धुलीमा छ । पक्राउ परेका श्रेष्ठ नेपाल समाजवादी पार्टीका केन्द्रीय सचिवालय सदस्य हुन्। 

जीविकोपार्जनको सिलसिलामा पछिल्लो समय उनी ठेक्कापट्टामा संलग्न थिए । त्यसक्रममा आर्थिक समस्या परेपछि सालाहरुसँग  पैसा मागे । पैसा दिएनन्, बरु सालीकी छोरीसँग बात लगाइएको भन्नेहरु सिन्धुलीमा भेटिन्छन् । उनकी पत्नी उर्मिलासहित ससुराली खलक सबै माओवादीतिरै छन् ।

मरिन भेगतिर माओवादीका जिल्ला इञ्चार्ज राजन दाहालका कार्यकर्ताचाहिँ हरिकै विरुद्ध छन् । सालीकी छोरीसमेत नछाड्ने उनले यसअघि थुप्रैलाई बिगारिसकेको त्यहाँका माओवादीहरु आरोप लगाउँछन् ।तर, उनीहरुसँग ती कुरालाई पुष्टि गर्ने कुनै प्रमाण छैन ।

उनलाई भेट्न जाने आफन्त र शुभचिन्तकसँग आफू फसाइएको भन्ने गरेका छन् । ‘राम्रो वकिल राख्नु, म निर्दोष छु, छिट्टै बाहिर आउँछु’, भेट्न गएका एक मित्रसँग उनले भनेका छन् ।भेट्ने ती मित्रका अनुसार, उनको हाउभाउ र बोलाईमा गलत काम गरेको कुनै संकेत पाइँदैन ।  उच्च मनोबलका साथ आफू बाबुरामको पार्टीमा भएकै कारण र माओवादीलाई जिल्लामा क्षति पु¥याएकै कारण फसाइएको कुरा बोल्छन् । 

उनी माओवादी सेनाका पूर्व कमान्डर हुन्। सशस्त्र द्वन्द्वको समयमा प्रमोद नामले परिचित उनी माओवादी सेनाका दोसो डिभिजन कमान्डर थिए।

 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १२ : ४३ बजे