खानेपानीको काम गर्ने क्रममा पर्खालले च्यापिएर एकजनाको मृत्यु

मनहरी (मकवानपुर)  । खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा आज एकजनाको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा सोही टोलका ४० वर्षीय बसन्त महर्जनको ज्यान गएको हो ।

काम गर्दैगर्दा इँटाको पर्खाल ढल्न गई पर्खालले च्यापिएका  महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । खानेपानीको पाइप जोड्ने क्रममा अचानक इँटाको पर्खालले च्यापिएपछि उनी गम्भिर घाइते भएका थिए । महर्जनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता भण्डारीले बताउनुभयो । 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १० : १५ बजे