‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कल बाइपास गर्ने २ जना उपकरणसहित पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गरेको आरोपमा २ जना उपकरणसहित पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्साको मधुवनका ३७ वर्षीय विशाल शाह कलवार र रुपन्देहीका २५ वर्षीय इमरान अहमद खानलाई पक्राउ गरेको हो ।

उनीहरुलाई पोखराबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार उनीहरुको साथबाट भीओआईपी पोर्ट २ वटा, वर्ल्डलिंक राउटर एउटा, एनसेलका प्रयोग नभएका सिम २०९ वटा बरामद गरिएकाे छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : २३ बजे