सुनको मूल्यमा नयाँ कीर्तिमान

थापाथली प्रसूति गृहबाट नवजात शिशु चोरी

काठमाडौं । काठमाडौको थापाथलीस्थित प्रसूति गृहबाट नवजात शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले शुक्रबार दिउँसो १२ बजे बच्चा चोरी भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रहरीका अनुसार २६ दिनको नवजात छोरी हेरिदिने भन्दै एक महिलाले लिएर भागेको उजुरीमा उल्लेख छ ।

आमा-बच्चाको फलो अप चेकका लागि शुक्रबार प्रसूति गृह ल्याइएको थियो ।

‘सीसीटीभी फुटेजमा एक महिलाले बच्चा लिएर गएको देखिन्छ । हामी खोजी गरिरहेका छौँ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ५ : २२ बजे