‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बाँके राष्ट्रिय निकुञ्जबाट अवैध हतियार बरामद

बाँके ।बाँके राष्ट्रिय निकुञ्जभित्र चोरी शिकारीमा प्रयोग भएको अवैध हतियार बरामद गरिएको छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीको संयुक्त गस्ती टोलीले बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित राजकोट इलाकाबाट बरामद गरेको हो ।

निकुञ्जभित्र प्रवेश गरी चोरी शिकारीमा संलग्न व्यक्तिबाट प्रयोग भएको अवैध हतियार बरामद गरिएको हो ।
निकुञ्जमा लुकीछिपी दुई राउण्ड गोली फायर गरेपछि प्रतिकारमा पेट्रोल टोलीले ४ राउण्ड जवाफी फायर गरेको निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका कर्णेल अशोक खड्काले जानकारी दिनुभयो ।
जवाफी फायरको खोजतलासको क्रममा १ थान बाह्रबोर, १ थान भरुवा बन्दुक र उक्त हतियारमा प्रयोग हुने गोली तथा बन्दोबस्तीका सामान बरामद गरिएको समेत खड्काले जानकारी दिनुभएको छ।

 

 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ११ बजे