दोलखाको कालिञ्चोकमा हिमपात

दोलखा ।  दोलखामा रहेको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक, शैलुङ लगायतका उच्च हिमाली भेगमा बिहीबार हिमपात भएको छ।

कालिञ्चोक क्षेत्रमा ५ बजेबाट हिमपात सुरु भएको हो भने शैलुङ क्षेत्रमा दिउँसो तीन बजेबाटै हिमपात भइरहेको छ। त्यस्तै हनुमन्तेश्वर, खाँवा, चेर्दङ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। 

हिउँ परेपछि कालिञ्चोक पुगेका पर्यटकहरू रमाएका छन्। हिमपात भए पनि सवारी साधन भने नरोकिएको स्थानीयले बताएका छन्। तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोकमा गत वर्ष फागुनको दोस्रो साता मात्र हिमपात भएकोमा यो वर्ष फागुनको दोस्रो सातासम्म चार पटक हिमपात भइसकेको छ।

 

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ९ : ५४ बजे