‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

त्रिविको उपकुलपतिमा बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजङ्ग बराल नियुक्त हुनुभएको छ ।

कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपकुलपतिमा बराललाई नियुक्त गर्नुभएको हो ।

उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो। जसमध्ये बराललाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ८ : ११ बजे