काठमाडौं। नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा १६८ रन बनाएर अलआउट भएको थियो ।
प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार ३ : ०७ बजे
प्रतिक्रिया