‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

काठमाडौं  ।  आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको हो। 

नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए।

त्यसैगरी कुशल मल्लले ३६ रन, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ रन र करण केसीले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।   शेखले १ छक्का र ८ चौका प्रहार गरेका थिए भने मल्लले ३ छक्का र १ छक्का  प्रहार गरे।

नामिबियाका लागि बर्नार्ड स्कल्ट्ज र निकोल लोफ्टि-इटनले सर्वाधिक ४/४ विकेट, जेरार्ड एरास्मस र ज्याक ब्रेसलले १/ १ विकेट लिन सफल भए।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १ : १८ बजे