सितापाइला घटनामा मृतक तीनै जनाको पहिचान खुल्यो

काठमाडौं । सितापाइलामा मृत फेला  तीन जनाको पहिचान खुलेको छ ।

बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ सितापाइलास्थित डेरामा बस्ने एकै परिवारका तीन जना मृत फेला परेका हुन् ।

मृत्यू हुनेमा ओखलढुंगा घर भएका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ रहेका छन् ।

घटनास्थलमा प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ। उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ ।

घटनाबारे  थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १ : ०८ बजे