‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौंको सितापाइलामा ३ जना मृत फेला

काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका हुन् । 

उनीहरूमाथि धारिलो हतियार प्रयोग भएको छ।    प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको हाे । बाबु सोलुखुम्बुका राजु घिमिरे भने फरार रहेको प्रहरीले बताएको छ ।

बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ११ : १६ बजे