बारामा बोलेरो र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते

बारा । बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राम कुमार महतोले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक ठोक्किएको जानकारी दिनुभयो ।

घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । हालसम्म मृत्यु भएका र घाइतेको पहिचान खुल्न सकेको छैन।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ९ : ३२ बजे