‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल एको पहिलो जित

काठमाडौं । नेपाल ए ले पहिलो जित दर्ता गरेको छ। मूलपानी क्रिकेट मैदानमा क्यानडा-११ लाई २ विकेटले हराउँदै नेपाल ए विजयी भएको हो।

नेपाल एलाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतक प्रहार गरे। सन्दीपले ७४ बलमा ७ चौका र १ छक्कासहित ६६ रन बनाएर आउट हुँदा बसिर ७३ बलमा ४ चौका र १ छक्कासहित ५२ रनमा अविजित रहे। त्यस्तै रसिद खान ४७, अर्जुन कुमाल ४० र किरण ठगुन्ना १३ रनमा आउट भए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो। खेलमा क्यानडाका लागि श्रेयस मोभाले उत्कृष्ट ब्याटिङ गर्दै ६८ रन जोडेका थिए। त्यसैगरी नवनित धलिवलले ४६ रन, सृमन्थ विजयरत्नेले ४१ रन, आरोन जोन्सनले ३६ रन र डिलोन हेलीगरले १६ रनको योगदान दिए।

नेपालका लागि साहब आलमले सर्वाधिक ३ विकेट लिए। शेर मल्ल र राशीद खानले २-२ विकेट, सागर ढकाल र बसिर अहमंदले १-१ विकेट लिए।

यसअघि पहिलो खेलमा नेपाल ए क्यानडा-११ सँग पराजित भएको थियो।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : ४४ बजे