जीबी राई मलेसियामा अपार्टमेन्ट खरिद गरेर बसेको खुलासा

काठमाडौं । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेर फरार रहनुभएका सहकारीका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई मलेसियामा बसिरहनुभएको खुलेको छ ।

इन्टरपोलले राई मलेसियामा रहेको पत्ता लगाएको हो । इन्टरपोल मलेसियाले जीबी मलेसियामै अपार्टमेन्ट किनेर बसिरहेको सूचना एनसीबी काठमाडौंलाई दिएको हो ।

उहाँलाई नेपाल ल्याउने तयारी सुरू भएको छ । यद्यपी पक्राउ गरेर नेपाल ल्याउन भने डिफ्र्युजन नोटिस प्रभावकारी नहुने भएकाले डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १ : ५९ बजे