‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल ‘ए’ ले टस जित्यो, पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल ए ले क्यानडा-११ विरुद्धको दोस्रो खेलमा टस जितेको छ ।

नेपाल ए टिमका लागि आजको खेलमा कप्तानी गरिरहेका सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै मुलपानी क्रिकेट मैदानमा हुने यस खेलमा क्यानडा- ११ ले पहिला ब्याटिंग गर्ने भएको छ ।

आजको खेलमा कप्तान विनोद भण्डारीको ठाउमा सन्दीप जोराले कप्तानी गरेका छन् । भण्डारी विरामी भएका कारण जोरालाई आज कप्तानीको जिम्मेवारी दिइएको हो ।

त्यस्तै आज विनोद भण्डारी र प्रतिस जिसीको ठाउमा शेर मल्ल र रिजन ढकाललाई टिममा समावेश गरिएको छ ।

यस अघि आइतबार सम्पन्न पहिलो खेलमा क्यानडा-११ ४ विकेटले विजयी भएको थियो । यस खेलको प्रत्यक्ष प्रसारण क्यानको जिल्ला/प्रदेश फेसबुक पेजबाट गरिएको छ ।

नेपालको प्लेइङ- ११: सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र रिजन ढकाल ।  

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ११ : ४० बजे