कर्णालीमा वर्षा र हिमपात

मुगु  । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा  गएराती देखि वर्षा र हिमपात सुरु भएको छ ।

केही दिन यता अत्यधिक चिसो बढेपछि  आइतबार रातिदेखि  मुगु लगायत हुम्ला, जुम्ला,डोल्पा  लगायतका  जिल्लाहरूमा वर्षा सँगै हिमपात सुरु भएको हो ।  विशेष गरि  उच्च हिमाली बस्तीहरूमा हिमपात भएको छ भने बेसी तिरको भागमा पानी परेको छ ।  रारा लगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको छ ।  मुर्माटप, चुचेमारा, घुच्ची, ताल्च, चंखेली,  लखूँ, मुन्दु, लिउडी, बाम , चाक्पाँडे, सोरूकोट, घट्टललेक, तलिलेक, मह, दोल्फु, उपल्लो मुगु , किम्री, ताखा, खारी, र हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट लगायत डोल्पा जिल्लाका उच्च हिमाली भेगमासमेत भारीमात्रामा हिमपात भएको  छ । यस अघि माघ महिनाको  तेस्रो हप्तामा कर्णालीमा   थोरै  वर्षा र हिमपात भएको थियो । 

खेतीपाती गर्ने कृषकका लागि त्यतिखेरको वर्षा र हल्का हिमपातले  थोरै भएपनि राहत मिलेको भएपनि l lकिसानहरू सन्तुष्ट थिएनन्  ।   सोमबार राती देखिको वर्षा र हिमपातले भने  कृषकका लागि ठुलो राहत मिलेको स्थानीयहरू बताउँछन् । 

लामो समय पर्याप्त मात्रामा वर्षा र हिमपात  नहुँदा वातावरण बिग्रिएर रोगब्याधि फैलिनुका साथै खोलानाला र पानीका मुहानसमेत सुकेको थिए । हिउँद ऋतु सकिनै लाग्दा भएको हिमपातलाई  कर्णाली बासी कृषक लगायत  मुगु बासी जनताहरूलाई विशेष राहत मिल्ने गरेको बताइन्छ ।

खेत गरामा सुकेका हिउँदे बाली  पलाउने र बालीनाली सप्रने आशमा कृषकहरू रहेका छन् ।  जताततै  सुख्खा मौसमले  मानिस हरूमा भाइरल रुघाखोकीका बिरामीहरूको सङ्ख्या बढ्दै गएको थियो ।   यस हिमपातले मुगु लगायत  साबिक कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालिकोटका र मध्य  र सुदूर पश्चिमका हिमाली जिल्लाका जनताहरूलाई ठुलो राहत मिलेको छ ।  वर्षा र हिमपात भएपछि साबिक कर्णालीको हवाई सेवा समेत अवरुद्ध  भएको छ ।  हुम्लाको सदरमुकाम सिमिकोट लगायत उच्च स्थानका बस्तीहरूमा  व्यापक हिमपात भएपछि स्थानीय जनजीवन अत्यन्तै कष्टकर  बनेको बनेको समिकोट निवासी नबिना चन्दले बताउनु भयो  ।  यसपटकको हिमपातले  बालीनाली सप्रिने  आसमा कृषकहरू रहेको बताउनु भयो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : १९ बजे