साफ यू–१७ च्याम्पियनसिप आजदेखि

त्रिभुवन विश्वविद्यालयले पायाे उपकुलपति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । अहिले पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् ।

प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । प्रधानमन्त्रीले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उहाँको ‘करिअर’का विषयमा जानकारी समेत लिएका थिए । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले बुढाथोकीलाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको सिफारिस कमिटी गठन गर्नुभएको थियो ।

सो कमिटीले आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूचीमा परी अन्तर्वार्ताको कार्य सम्पन्न भएपछि तीन जनाको नाम चयन गरेको थियो । बुढाथोकी सहित प्रा डा केशरजङ्ग बराल र प्रा डा टङ्कनाथ धमला मध्येबाट एक जनालाई नियुक्त गर्न सिफारिस गरिएको थियो । बुढाथोकी हाल शिक्षा संकायमा डिनका रुपम कार्यरत रहनु भएको छ ।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १८ गते सकिएकपछि सो पद रिक्त रहेको थियो ।

असावधानीबश यस अघिको समाचारमा उपकुलपतिमा प्रा। डा चित्रबहादुर बुढाथोकी नियुक्त हुनु भएको भन्ने पर्न गएकोले सच्चाइएको छ ।
-सम्पादक 

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ८ : १४ बजे