‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पूर्वी अफगानिस्तानमा पहिरोमा परी २५ जनाको मृत्यु

काबुल । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएका छन् ।  स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताएअनुसार आइतबार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि पहिरो गएको थियो । 

 

पहिरोमा महिला तथा बालबालिकालगायतका धेरै व्यक्ति परेका छन् । उनीहरूका अनुसार उद्धार कार्य जारी छ । 

 

पहिरोका कारण कम्तीमा २० वटा घरहरू क्षतिग्रस्त भएका छन् । घटनाको पुष्टि गर्दै राष्ट्रिय विपद् अधिकारीका प्रवक्ता मुल्लाह जानान स्याकले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या परिवर्तन हुनसक्ने बताए । 

राजधानी सहर काबुलसहित अफगानिस्तानका केही भागहरूमा आइतबार दिउँसोदेखि वर्षा र हिमपात भइरहेको छ । 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ७ : ०१ बजे