‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

वीरगन्जमा कर्फ्यू जारी

काठमाडौं । पर्साको वीरगञ्जमा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो ।

हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएपछि प्रशासनले कर्फ्यू लगाएको हो । पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यू लगाइएको हो ।

रौतहट जिल्लाको इसनाथ नगरपालिकामा सरस्वतीको मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएको विषयलाई लिएर हिन्दु समाजले वीरगन्जमा प्रदर्शन गर्दै बजार बन्द गराएको थियो ।

प्रदर्शनका क्रममा झडप भएपछि कर्फ्यू लगाइएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : ५८ बजे