कार्यक्रममा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामरा डाउन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रममा प्रवेश नदिइएपछि पत्रकारले विरोध गरेका छन् । मूल समारोह समितिले गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश नदिइएको हो ।

काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध गरेका छन् । फोटो पत्रकारहरुले सूचना तथा प्रसारण विभागको कार्ड देखाउँदासमेत प्रवेश नदिइएको बताए । उनीहरुले कार्यक्रम आयोजनास्थल बाहिर बसेर सांकेतिक विरोध गरेका हुन् ।

आयोजकले भने निमन्त्रण पत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई फर्काइदिएको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : २३ बजे