‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नामिबियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत आज नेदरल्यान्ड्सले नामिवियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । खेल सवा नौ बजे सुरु हुनेछ ।

आजको खेलमा नेदरल्यान्ड्स पहिलो जितको खोजीमा हुनेछ भने नामिबिया लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । दुबै टोलीले दोस्रो खेल खेल्दैछन् । यसअघिको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो भने नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा हुन लागेको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ९ : ३५ बजे