‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विश्वकप लिग–२ मा आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्स बीच खेल हुँदैछ ।

त्रिभुवन विश्वविधालय, कीर्तिपुरको खेल मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुँदैछ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी सुरुवात गरेको छ भने नेदरल्यान्ड्सले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ ।

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : ०० बजे