साफ यू–१७ च्याम्पियनसिप आजदेखि

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो।

समितिले प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजङ्ग बराल र प्रा.डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको छ। 

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट)मा परेका थिए। तीमध्ये तीन जनाको नाम सिफारिस भएको हो। 

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ९ : ३६ बजे