दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ९ : ०४ बजे