देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सरकारले भुक्तानी नदिएपछि चितवनका किसानले सडकमै पोखे दूध

भरतपुर । सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान आन्दोलनमा उत्रिएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले सडकमा दूध पोखेर आन्दोलन गरेका हुन् ।

दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । किसानहरूले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र किसानहरू भुक्तनी पाउनुपर्ने २ वटा माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले आफूहरूको आन्दोलनलाई बेवास्ता गरिएको खण्डमा अझ सशक्त रूपमा आन्दोलन गरिने अध्यक्ष बगालेले बताए । साथै, उनीहरुले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा समेत मागेका छन् ।

चितवनका किसानहरूले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् । उनीहरुले आफ्नो समस्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : ३२ बजे