‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भीम उपाध्यायसहित तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

​​​​​​​काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

जसमा पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर रहेका छन् । त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई समेत प्रतिवादी बनाइएको स्रोतले जनाएको छ ।

विशेष अदालतमा आज मुद्दा दायर गरिएको बताइएको छ जसमा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको बुझिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ४६ बजे