कञ्चनपुर । कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–७ टेडीयाका ४० वर्षीय हरिचन्द्र रानालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार दिउँसो प्रहरीले पक्राउ हो । रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका–७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।
पीडित पक्षबाट प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आरोपित रानालाई पक्राउ गरेको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार १२ : ४४ बजे
प्रतिक्रिया