भीरबाट खसेर एकजनाको मृत्यु

दार्चुला । दार्चुलको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय  जगतसिंह धामी रहेका छन् । 

सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब  ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो ।  

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : १० बजे