साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कक्षा १२ को परीक्षा वैशाख दोस्रो साताबाट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा हुने कक्षा १२ को वर्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ । २०८१ सालमा कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेबाट सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार १४ गतेदेखि सुरु हुने परीक्षा २६ गतेसम्म सञ्चालन हुनेछ । कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : ०९ बजे